काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफामा उल्लेख्य प्रगति गरेको छ । आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्मको विवरण अनुसार असार मसान्तसम्ममा बैंकले आफ्नो खुद नाफा बढाएर ३ अर्ब ५२ करोड रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यस्तो नाफा २ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकको नाफा ५६.२७ प्रतिशत बढी हो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । जस अनुसार बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ। सो समयमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी पनि बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
त्यस्तै, असारमसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २ सय १३ रुपैयाँ ९८ पैसा रहेको छ ।



