images
images

हिमालयन बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?


  • 812
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    हिमालयन बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?

    काठमाडौं । हिमालयन बैंकको नाफा ३७ प्रतिशतले बढेको छ ।  बै‌कले आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा  ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो।

    बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने  ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।  बैंकको खुद व्याज आम्दानी   ९ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने गत बर्षको सोही  अवधिमा ४ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । 

    बैंकले २ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ३० अर्ब कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४७ अर्ब कर्जा विस्तार गरेको थियो । 

    त्यसैगरी सञ्चालन मुनाफा ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने गत बर्षको सोही अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ सञ्चित छ।

    कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ ८ पैसामा रहेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ६५ रुपैयाँ ५८ पैसा रहेको छ। 

     


    images
    images

    Logo