काठमाडौं । एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । बैकले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा १० प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम ४अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । सो समयमा बैंकको कुल ब्ययाज आम्दानी १२ अर्ब ३७ करोड रहेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी १५ अर्ब १३ करोड रहेको छ भने कुल सञ्चालन नाफा ६ अर्ब ८२ करोड रहेको छ ।
सो समयमा बैंकले प्रतिशेयर आम्दानीमा बाणिज्य बैंकहरुमै उत्कृष्ट गरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ । यो वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो। सो समयमा बैंकको निइोप ३ खर्ब १४ अर्ब संकलन गरी २ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेको छ ।



