काठमाडौं । प्रभु बैंकको नाफा ४८ प्रतिशतले बढेको छ । बैकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा २ अर्ब ८२ करोड नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ४८.५३ प्रतिशतले बढी हो। गत वर्ष यस्तो रकम १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने १६ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी १० अर्ब २५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ७४ करोड रहेको थियो । खुद ब्याज आम्दानी ७८ प्रतिशतले बृद्धि भएको छ ।
त्यसैगरी सञ्चालन मुनाफा ४ अर्ब २० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८५ करोड रहेको थियो । जगेडा कोषमा १० अर्ब रहेको छ भने कम्पनीको संचित नाफा १६ करोड १६ लाख रहेको छ । बैंकले २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ३८ अर्ब कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४५ अर्ब कर्जा विस्तार गरेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा १४.९७ रुपैयाँ रहेको थियो । त्यसैगरी नेटवर्थ १ सय ४३ रुपैयाँ २५ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात १३.३३ गुणा रहेको ।



