काठमाडौं । कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशतले घटेको छ । गतआर्थिक वर्षको चौथोत्रैमाससम्ममा बैंकले ४३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनीको यस्तो नाफा ५९ करोड ८५ हजार रुपैयाँ रहेको थियो ।
सो अवधिमा कम्पनीको वितरण योग्य नाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ । सो समयमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सो अवधिमा कम्पनीको सञ्चालन नाफा ८६ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा ६९ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी २४ करोड ५४ लाख रहेको छ । निष्क्रिय कर्जा बढेर २.९२ प्रतिशत पुगेको छ। गत वर्ष यो २.३१ प्रतिशत रहेको थियो । सो समयमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १४ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४६ रुपैयाँ ४६पैसा रहेको छ।
बैंकको अन्य सूचकहरु बढेतापनि इम्पेरमेन्ट चार्ज तथा बैंकको अन्य खर्चहरु बढ्दा नाफामा धक्का पुगेको हो ।



