images
images

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 368
    SHARES
  • २०८० श्रावण १७ गते बुधबार

    १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २०१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।  ‘विकास ऋणपत्र २०८६ ‘छ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ६ वर्षको हुनेछ । 

    सो ऋयापत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले साउन १८ गते ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ । उक्त ऋणपत्रको निष्काशन साउन १९ गते हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।

    राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

     

     


    images
    images

    Logo