काठमाडौं । हिमालयन लघुवित्तको नाफा ७८.५० प्रतिशतले घटेको छ । गतआर्थिक वर्षको चौथोत्रैमाससम्ममा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनीको यस्तो नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको थियो ।
सो अवधिमा कम्पनीको वितरण योग्य नाफा ६० लाख रुपैयाँ रहेको छ । सो समयमा कम्पनीको खुद ब्याज आम्दानी २० करोड २३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा २४.५२ प्रतिशत कम हो । त्यस्तै, सो अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि घटेको छ । असार मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी २७ करोड ३५ लाख रुपैयाँमा झरेको छ ।
लघुवित्त यसरी घाटामा जानुको मूल्य कारण खुद ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज बढ्नु हो। सो अवधिमा लघुवित्तको निष्क्रिय कर्जा २.३७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको छ। सो समयमा लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको निक्षेप तथा सापटी ४ अर्ब १६ करोड रहेको छ भने कर्जा लगानी ४ अर्ब ४३ करोड रुपैयाा रहेको छ ।
सोही समयमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ८५ पैसा रहेको छ।



