काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा फर्स्ट माइक्रोफाइनान्सको नाफा २३.३९ प्रतिशतले घटेको छ । गतआर्थिक वर्षको असारसम्ममा माइक्रोफाइनान्सले १९ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनीको यस्तो नाफा २५ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
सो अवधिमा कम्पनीको वितरण योग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ। सो समयमा कम्पनीको खुद ब्याज आम्दानी ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन आम्दानी ४७ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको खुद फि तथा कमिशन आम्दानी घटेपछि नाफा पनि घट्न पुगेको हो। सो अवधिमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशतले घटेर ४ करोड १२ लाख रुपैयाामा झरेको छ ।
सोही समयमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ८६ पैसा रहेको छ।



