images
images

घट्यो लुम्बिनी विकास बैंकको नाफा, वितरणयोग्य नाफा कति ?


  • 527
    SHARES
  • २०८० श्रावण १२ गते शुक्रबार

    घट्यो लुम्बिनी विकास बैंकको नाफा, वितरणयोग्य नाफा कति ?

    काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकको  नाफा घट्न पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६१ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ३.८८ प्रतिशत कम हो। गत वर्ष यस्तो नाफा ६३ करोड ७१ लाख रुपैयाँ रहेको थियो । 

    सो अवधिमा बैंकको वितरणयोग्य नाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८७ करोड पुगेको छ भने सञ्चालन आम्दानी २ अर्ब ७ करोड पुगेको छ । त्यस्तै सञ्चालन नाफा ७.७० प्रतिशतले घटेर ८६ करोड ९३ लाख रुपैयाँमा झरेको छ । 

    बैंकको आम्दानीहरु बढेता पनि इम्पेरमेन्ट चार्ज र बैंकको निष्क्रिय कर्जा बढेकाले बैंकको नाफामा धक्का लागेको हो । सो अवधिमा बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशत रहेको छ भने इम्पेरमेन्ट चार्ज ४० करोड पुगेको बैंकले जनाएको छ ।  

    सोही अवधिमा बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । त्यस्तै, निक्षेप ४९ अर्ब १३ करोड रुपैयाँ र कर्जा लगानी ४१ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । सो समयमा बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८२ रुपैयाँ १७ पैसा रहेको छ।


    images
    images

    Logo