images
images

२ लघुवित्तले गरे मर्जरका लागि सम्झौता, शेयर कारोबार रोक्का


  • 1.5K
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    २ लघुवित्तले गरे मर्जरका लागि सम्झौता, शेयर कारोबार रोक्का

    काठमाडौं ।  २ लघुवित्तले मर्जरका लागि सम्झौता गरेका छन् । मंगलबार जाल्पा लघुवित्त र किसान लघुवित्तले एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्झौता गरेका हुन् ।

    उक्त सम्झौता मंगलबार अपरान्ह ५ बजे सम्पन्न भएको थियो । हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।  जाल्पा लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसान लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

    दुबै लघुवित्तहरुले कम्पनीको आगामी साधारणसभा नभएसम्मका लागि शेयर कारोबार रोक्का राख्न नेप्सेलाई अनुरोध गरेको छ । 

    नयाँ व्यवस्था अनुसार सर्वसाधारण शेयरधनीको कारोबार रोक्का नहुने भएपनि १ प्रतिशत भन्दा माथिका शेयरधनीको कारोबार रोक्का हुनेछ ।


    images
    images

    Logo