काठमाडौं । कुमारी बैंकको ब्याजदर संशोधन भएको छ । बैंकले साउन ९ गतेदेखि लायू अुनेगरी ब्याजदर संशोधन गरेको हो ।
बैंकको नयाँ ब्याजदर अनुसार एलसीवाई फिक्स डिपोजिटमा ब्यक्तिगत तर्फ १०.९३७ प्रतिशत र सामूहिक तर्फ ८.९३७ प्रतिशत ब्याजदर तय गरेको छ ।
त्यस्तै, बैंकले कुमारी उत्सव, धनवृद्धि र रेमिट बचत खातामा ७.०७३ प्रतिशत, कुमारी रेमिट आईपीओ बचत खाता, कर्णाली प्रदेशका लागि छोरी बचत खाता, गज्जबको बचत खातामा ८.०७३ प्रतिशत र अन्य बचतमा ६.०७३ प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ ।
