काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब ६० करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । आइतबार सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ४ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, ९१ दिनको लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको भदौ ५ गते परिपक्क हुनेछ भने ९१ दिनको कात्तिक ७ गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।