काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन २७ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार असार ३१ गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो ।
असार ३० गते ५७ खर्ब ४० अर्ब रुपैयाँ रहेको निक्षेप ३१ गते २७ अर्बले बढेर ५७ खर्ब ६७ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि १८ अर्बले बढेको छ । असार ३० गते ५० खर्ब ६६ अर्ब रुपैयाँ रहेको निक्षेप ३१ गते १८अर्बले बढेर ५० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, सोही अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि ९ अर्ब रुपैयाँले बढेर ६ खर्ब ८३ अर्ब रुपैयाँमा पुगेको छ ।
बैंकहरुको नक्षेप २७ अर्बले बढ्दा कर्जा लगानी २४ अर्बले बढेको छ । असार ३० गते ४८ खर्ब ५५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी ३१ गते २४ अर्बले बढेर ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी २० अर्बले बढेर ४३ खर्ब १४ अर्ब रुपैयाँ कायम भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ६ अर्बले बढेर ५ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
सो समयमा बैंकको सीडी रेसियो ८१.६५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



