images
images

१७ अर्ब ७० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 348
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    १७ अर्ब ७० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि १० अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल २८ दिनको साउन ३० गते परिपक्क हुनेछ भने ९१ दिनको असोज ३० गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  

     


    images
    images

    Logo