images
images

आजदेखि  एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, शेयर कारोबार रोक्का


  • 491
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    आजदेखि  एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, शेयर कारोबार रोक्का

    काठमाडौं ।  लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यी दुवै बैंकले मर्जर प्रकृया पुरा गरि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । 

    दुवै बैंकबीच १ः१ अनुपातमा मर्जरमा जाने सहमति भएको छ ।  मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि असार २७ र २८ गते दुवै बैंकका प्रणाली बन्द गरिएको थियो ।

    यी दुई संस्था मर्जरका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । दुवै संस्थाको असार ३ गतेको साधारणसभाबाट पारित मर्जरसम्बन्धी विशेष प्रस्तावबमोजिम नेपाल राष्ट्र बैंकले यही असार २२ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि कायम हुने बैंकको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका–१ हात्तीसारमा रहने जनाइएको छ ।

    साथै, सोही क्रममा आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

    राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’ को नीतिअनुसार चालु आर्थिक वर्ष २०७९/८० मा मात्र १२ वटा वाणिज्य बैंक एकापसमा गाभ्नेरगाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर छ वटा कायम भएका छन् ।


    images
    images

    Logo