images
images

अब बैंकहरुले आफैँ ब्याजदर तय गर्न सक्ने, के होला साउनमा ब्याजदर ?


  • 448
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    अब बैंकहरुले आफैँ ब्याजदर तय गर्न सक्ने, के होला साउनमा ब्याजदर ?

    काठमाडौं । अब बैंकहरुले आफैँ व्याजदर तय गर्न सक्ने भएका छन् । बिहीबार नेपाल बैंकर्ष संघको बैठकले सो निर्णय गरेको हो । 

    संघको निर्याय अनुसार बैंकरहरुले साउन १ गतेदेखि लागू हुने गरि स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न पाउने भएका छन् । संघले निक्षेपको ब्यादरमा गर्दै आएको भद्र सहमति खारेज भए पनि राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदरको औसतको १० प्रतिशत सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाउन वा बढाउन पर्ने संघले जनाएको छ ।

    यससँगै साउनमा बैंकको ब्याजदर घटने आँकलन गरिएको छ । यद्यपी बैंकहरुले आफुखुसी ब्याजदर तय गर्न पाउने भएपछि कुनैले घटाउन,बढाउनुका वा स्थिर राख्न पनि सक्छन् । हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याज अधिकतम ९.९९ र संस्थागत मुद्दतीको अधिकतम ब्याज ७.९९ प्रतिशत रहेको छ। 

    अब बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएमा करिब ९ प्रतिशतसम्म झर्न सक्छ भने बढाएमा करिब ११ प्रतिशतसम्म पुग्न सक्छ ।


    images
    images

    Logo