images
images

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले पनि गरे एकीकृत कारोबारको मिति तय


  • 847
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले पनि गरे एकीकृत कारोबारको मिति तय

    काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले पनि एकीकृत कारोबारको मिति तय गरेका छन् । मर्जर प्रकृयामा रहेका यी दुवै संस्थाले असार ३१ गते देखि एकिकृत कारोबार सुरु गर्ने भएका हुन् । 

    यी दुवै लघुवित्तबिच स्वाप रेसियो १ः१ अुपातमा हुने सहमति भएको छ । मर्जर पश्चात सो संस्थाको एकीकृत कारोबार  आशा लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ । 

    यस अघि गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यी दुई कम्पनीहरूबीच गत चैत २९ गते प्राप्ति सम्बन्धि प्रारम्कि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    मर्जर पश्चात कम्पनीको केन्द्रिय कार्यालय बनेपा नगरपालिका वडा नम्बर १३, काभ्रेपलाञ्चोकमा रहनेछ ।हाल आशा लघुवित्तको चुक्तापूँजी ३८ करोड रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी २६ करोड रहेको छ


    images
    images

    Logo