images
images

बुधबार पुनः २० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक


  • 423
    SHARES
  • २०८० आषाढ २६ गते मंगलबार

    बुधबार पुनः २० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंक असार २७ गते बुधबार २० अर्ब बराबरको १४ दिन अवधिको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमाअधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको हो। राष्ट्र बैंकले आज मात्रै २० अर्बको रिपो जारी गरेको थियो । 

    राष्ट्र बैंकले मंगलबार सुचना जारी गर्दै आउँदो साउन १० गते परिपक्व हुने गरी २० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।

    राष्ट्र बैंकले यस अघि असार १९ गते २० अर्ब र २६ गते पनि २० अर्बको रिभर्स रिपोको वोलकवोल गरेको थियो। 


    images
    images

    Logo