काठमाडौं । २ बैंकले असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गडर्ने भएका छन् । आगामी शुक्रबारदेखि लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
यी दुवै बैंकले मर्जर प्रकृया पुरा गरि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकबीच १ः१ अनुपातमा मर्जरमा जाने सहमति भएको छ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । यी दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् ।
हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ ।
एकीकृत कारोबार प्रयोजनका लागि दुबै बैंकको एकिकृत कारोबार प्रयोजनका लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले असार २७ र २८ गते सम्पुर्ण शाखा बन्द रहनुका साथै सम्पुर्ण वित्तीय सेवाहरु (क्रेडिट कार्ड बाहेक) अवरुद्ध हुने बैंकले जनाएको छ ।



