images
images

कोपा अमेरिका फुटबलमा ब्राजिलको सहज जित


  • 561
    SHARES
  • २०७८ जेठ ३१ गते सोमबार

    कोपा अमेरिका फुटबलमा ब्राजिलको सहज जित

    काठमाडौं ।  कोपा अमेरिका फुटबलमा आयोजक टोली ब्राजिलले प्रतियोगिताको पहिलो खेलमा सहज जित निकाल्दै सुखद सुरुआत गरेको छ । 

    आइतबार राति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

    स्टाडियो नेसनल डी ब्रासिलियामा भएको खेलमा ब्राजिललाई जित दिलाउन मार्कविवन्होस, नेयमार र गार्बियल बर्बोसाले एक–एक गोल गरे । 

    खेलको २३ औं मिनेटमा मार्कविवन्होसले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा रिचार्र्लिसनले गोल गरे पनि भिएआजरले मान्यता दिएन । 

    ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमानभन्दा नेयमार १० गोलले पछि छन् ।
    ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए । जितसँगै समूह ‘बी’मा रहेका ब्राजिलले ३ अंक जोडेको छ ।

    यो सँगै ब्राजिल समूहको शीर्ष स्थानमा छ । 

     


    images
    images

    Logo