काठमाडौं । हाल बेलुकी ९ बजेदेखि बिहान ९ बजेसम्म खुल्दै आएको मोटरसाइकल वर्कशप अब दिउँसो खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले असार १ गतेदेखि लागु हुनेगरी जारी गरेको निषेधाज्ञा आदेशमा अब त्यस्ता वर्क शपहरु बेलुकी ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरेको छ ।
