काटमाडौं । नेपालमा थप २४०७ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।