काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १ साता थपिएको छ । तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो ।
निषेधाज्ञा लम्बिए पनि जनव्जीवन भने खुकुलो पारिएको छ । यस अनुसार खाद्यान्न पसल तथा स्टेशनरी तथा पुस्तक पसल ११ बजेसम्म खुला हुनेछ । त्यस्तै बेलुकी ४ बजेपछि हार्डबेयर पसल खुला हुनेछ ।
कृषि कर्मका लागि जुनसुकै समयमा पनि आवतजावतमा सहजीकरण गरिनेछ । भिसा लिन चाहनेहरुलाइृ पनि जुनसुकै समयमा आवतजावत सहजीकरण गरिने निर्णय गरिएको छ । होम डेलिभरी सेवालाइृ खुला गरिएको छ ।