काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजारमा हरियाली छाएको छ ।
आज नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.३२ विन्दुमा पुगेको छ । ३ करोड ७० लाखको कित्ता सेयर १९ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ ।
यो दिनको कारोबारमा १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन श्री इन्भेष्टमेन्ट कम्पनी, समृद्धि फाइनान्स कम्पनी, आइसीएफसी फाइनानस, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारातमक सर्किट लागेको छ ।
त्यसैगरी नेपाल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र समिट लभुवित्तको सेयर मूल्यमा भने गिरावट देखिएको छ ।