काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालकहरुले ढुवानी बन्द गर्ने भएका छन् । नेपाल आयल निगमलाई पत्र लेख्दै ट्यांकर चालकहरुको संघ नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ढुवानी गर्न नसक्ने जनाएको हो ।
संघले लेखेको पत्रमा सरकारले चालक र सहचालकका लागि खोपको व्यवस्था नगरेको र आफूहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै यस्तो अवस्थामा पेट्रोलियम पदार्थको ढुवानी गर्न असमर्थ रहेको उल्लेख गरिएको छ ।
