images
images

बेल्जियमसँग रुस ३-० ले पराजित


  • 382
    SHARES
  • २०७८ जेठ ३० गते आइतबार

    बेल्जियमसँग रुस ३-० ले पराजित

    काठमाडौं । समूह बी अन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा बेल्जियमसँग रुस ३-० ले पराजित भएको छ ।

    खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । 

    गोलपछि लुकाकुले अघिल्लो खेलमा मैदानमै बेहोस भएका डेनिस खेलाडी तथा इन्टरका सहमर्की क्रिस्टियन एरिक्सनलाई गोल समर्पण गरेका थिए ।

    खेलको ३४ औं मिनेटमा थोमस मुनिएले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।

    खेल सकिन दुई मिनेटअघि लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए ।

    जितपछि बेल्जियमले समूह बी मा ३ अंक जोडेको छ । रुसले हारबाट प्रतियोगिता सुरु गरेको छ ।


    images
    images

    Logo