images
images

युरोकप : वेल्स र स्वीजरल्यान्ड बराबरीमा


  • 531
    SHARES
  • २०७८ जेठ ३० गते आइतबार

    युरोकप : वेल्स र स्वीजरल्यान्ड बराबरीमा

    काठमाडाैं । युरोकप अन्तर्गतको खेलमा वेल्सले स्विटजरल्यान्डलाई बरावरीमा रोकेको छ । दुई टिमबीच गएराती भएको खेल १–१ को बराबरीमा सकिएको हो । खेल बराबरीमा सहिएसंगै दुवै टिमले एक–एक अंक बाँडेका छन् ।

    समूह ‘ए’ अन्तरगतको सो खेलका दुवै गोल दोस्रो हाफमा भएका हुन् । स्विटजरल्यान्डले ब्रिल इम्बोलोको गोलले ४९ औं मिनेटमा अग्रता लिएको थियो । जारडन साकिरीको कर्नरमा इम्बोलोले हेडबाट गोल गरेका थिए । वेल्सका लागि किफर मुरले ७४ औं मिनेटमा बराबरी गोल फर्काए । उनले पनि हेडबाट गोल गरे । यो समूहमा इटली तीन अंकसहित शीर्ष स्थानमा छ । 

    इटालीले प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई ३ ० ले पराजित गरेको थियो ।


    images
    images

    Logo