images
images

सप्तकोशीको ढुंगामा केन्द्र र प्रदेश सरकारबीच टकराव

केन्द्रले फुटाउन बजेट छुट्यायो, प्रदेशले लियो संरक्षणको कार्यक्रम


  • 474
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    सप्तकोशीको ढुंगामा केन्द्र र प्रदेश सरकारबीच टकराव

    काठमाडौं । सप्तकोशी नदीको बीचमा अवस्थित खुवालुङ्ग ढुंगाको विषयमा केन्द्र र प्रदेश सरकारबीच टकरावको सम्भावना देखिएको छ । केन्द्र र प्रदेशबीचको फरक फरक नीतिका कारण सो ढुंगाको विषयमा टकरावको संकेत देखिएको हो । 

    केन्द्र सरकारले ल्याएको योजना अन्तर्गत कोशी नदीमा जहाज चलाउन अप्ठ्यारो हुने भएपछि केन्द्र सरकारले यो ढुंगालाई फुटाउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्षको बजेटमा यो ढुंगालाई फुटाउन बजेट समेत विनियोजन गरिएको छ । 

    उता प्रदेश सरकारले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने यो ढुंगालाई संरक्षण गर्ने उल्लेख गरिएको छ । यो ढुंगा किराँत संस्कृति, सभ्यता र मुन्धुुमसँग जोडिएको भन्दै यसको संरक्षण गर्दै जलयातायात सँगै यस क्षेत्रलाई धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय केन्द्रको रुपमा विकास गरिने उल्लेख गरिएको छ । 


    images
    images

    Logo