काठमाडौं । गण्डकी प्रदेशका खेलकुुदमन्त्री दीपक मनाङेले राजीनामा दिएका छन् । बिहीबार गण्डकी प्रदेश सरकारले विश्वासको मत गुुमाएसँगै मनाङेले राजीनामा दिएर विपक्षी दलमा सामेल भएको घोषणा गरेका हुन् ।
बिहीबार भएको मत विभाजनमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । सो मत विभाजनमा सहभागी नभएका मनाङेले विपक्षी गठबन्धनलाई सघाउने घोषणा गरेसँगै विपक्षी गठबन्धनको बहुमत पुग्ने भएको छ ।
विपक्षी गठबन्धनमा तर्फबाट नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीका उम्मेदवारको रुपमा अघि बढेका छन् । उनले अब प्रदेशप्रमुुखसमक्ष आफ्दो दाबी पेश गर्नेछन् । योसँगै नेपाली काँग्रेसले पहिलोपटक प्रदेश सरकारको नेतृत्व प्राप्त गर्नेछ ।