काठमाडौं । सर्वोच्च अदालतले सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको छ । बिहीबार बसेको अदालतको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले अध्यादेशले गरेको व्यवस्था संसदले पारित नगरेमा जटिलता आउने भन्दै यसलाई तत्काल कार्यान्वयन नगर्न भनेको हो ।