images
images

मन्त्रिमण्डल पुनर्गठनपछि गोकुल बाँस्कोटाले भने : म त्यही केटी चाहिन्छ भन्ने रुन्चे गायक होइन


  • 955
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    मन्त्रिमण्डल पुनर्गठनपछि गोकुल बाँस्कोटाले भने : म त्यही केटी चाहिन्छ भन्ने रुन्चे गायक होइन

    काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ‘आफू त्यही केटी चाहिन्छ भन्ने रुन्चे गायक’जस्तो नभएको भन्दै सञ्चारमन्त्री नपाउँदैमा कुनै दुःद नलागेको प्रतिक्रिया दिएका छन् । 

    ट्वीटरमा रविन अफिसियल ह्यान्डिलबाट सोधिएको प्रश्नको जवाफ दिँदै उनले पार्टीमा सबैको योगदान हुने बताएका हुन् ।    

    ‘म त्यही केटी चाहिन्छ भन्न रुञ्चे गायक होईन।पार्टीमा सबैको योगदान हु्न्छ।थाह होला नी।’ बाँस्कोटाले भनेका छन् । 

    उनले नवनियुक्त मन्त्रीहरुलाई शुभकामना समेत दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘अघिल्लो साता र आज मन्त्री नियुक्त हुनु हुने माननीय मन्त्रीज्यूहरुलाई हार्दिक बधाई । अनेक प्रकारले चुनौतीयुक्त समयमा प्राप्त यो दायित्व सम्पुर्ण रुपमा सामना गर्न सफलता मिलोस सीमाहीन शुभकामना !!!’ 

    feature image

     


    images
    images

    Logo