काठमाडौं । नेपालमा कोरोना संक्रमित र मृत्युदरमा कमि देखिन थालेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
सोही अवधिमा कोरोना संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।
यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।