images
images

बिहीबार नेप्से परिसूचकमा गिरावट 


  • 563
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    बिहीबार नेप्से परिसूचकमा गिरावट 

    काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ ।

    आजको दिनमा नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ अंकमा बन्द भएको छ ।

    यो दिन १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । 

    यो दिन ३ करोड ६ हजार  कित्ता सेयर १६ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ ।

    उपसमूहतर्फ विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा लगातीकर्ताको आकर्षण कायमै छ ।

    यो दिनको कारोबारमा पाँचथर पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

    त्यसैगरी लिबर्टी इनर्जी कम्पनी शिव श्री हाइड्रोपावर, नगाडी ग्रुप पावर, माउन्टेन इनर्जी नेपाल, छ्याङदी हाइड्रोपावर, रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ भने गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेको छ ।

     


    images
    images

    Logo