images
images

ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने, ७ मन्त्री र १ राज्यमन्त्री थपिदै (सूची सहित)


  • 797
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने, ७ मन्त्री र १ राज्यमन्त्री थपिदै (सूची सहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । 

    प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई  पूर्णता दिने भएका हुन् । स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीले पाउने भएका छन् भने संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी नैनकला थापाले पाउने भएकी छिन् । 

    यसैगरी ओली सरकारले माधव झलनाथ खेमाका गणेश पहाडीलाई ओफ्नो क्याम्पमा ल्याएर सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिएका छन् ।

    यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा राजकिशोर यादव हुने भएका छन् । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने भएको छ । 

    १. खगराज अधिकारी, गृहमन्त्री 

    २. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    ३. नारदमुनी राना, वनमन्त्री

    ४. नैनकला थापा, सन्चारमन्त्री

    ५. ज्वालाकुमारी साह, कृषिमन्त्री

    ६. राजकिशोर यादव, उद्योगमन्त्री

    ७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

    ८. आशा विक, वनराज्यमन्त्री


    images
    images

    Logo