images
images

वीर अस्पतालमा बन्द भएको जनरल ओपीडी सेवा पुनः संचालनमा


  • 823
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    वीर अस्पतालमा बन्द भएको जनरल ओपीडी सेवा पुनः संचालनमा

    काठमाडौं । कोभिड–१९ संक्रमण बढेपछि बन्द भएको वीर अस्पतालको जनरल ओपीडी सेवा पुनः संचालनमा आएको छ । 

    कोभिड संक्रमितलाई यही साताभित्र नयाँ सर्जिकल भवनमा सारेर उपचार गरिने वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमले बताए । 

    वीर र राष्ट्रिय ट्रमा सेन्टर दुवैको नियमित सेवा यही हप्ताभित्र सुरु गर्ने अस्पताल प्रशासनको योजना छ ।

    अहिले वीरमा १५३ र ट्रमा सेन्टरमा ४० जना कोभिड संक्रमितको उपचार भइरहेको छ । 

    वीर अस्पतालको पुरानो भवनमा १५ वटा आईसीयू सञ्चालनमा छन् भने नयाँ भवनमा १८ वटा आईसीयू सञ्चालन गर्ने तयारी गरिएको छ ।


    images
    images

    Logo