images
images

प्रदेशको राजनीतिक परिदृष्य : ओली सत्ताको फेद ढल्नुअघि 'हाँगा छिमलिँदै' !


  • 517
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    प्रदेशको राजनीतिक परिदृष्य : ओली सत्ताको फेद ढल्नुअघि 'हाँगा छिमलिँदै' !

    काठमाडौं । आफ्नै सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध विश्वासको मत नदिने नेकपा एमालेको योजना विफल भयो । आफ्नै पार्टीको बहुमत हुँदा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार शाहीले विश्वासको मत हासिल गरे । सोही कारण कर्णाली सरकार जोगियो । 

    आफ्नै पार्टीको बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकार समेत एमालेले गुमायो । आफ्नो पार्टीको १३ सिटमात्रै रहेको नेकपा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले नेकपा एमालेकै सांसदको समर्थनसहित विश्वासको मत पाउँदै गर्दा बहुमतप्राप्त दल नेकपा एमाले नेतृत्व हेरेको हेर्यै भयो । अनैतिक तरिकाले सत्ताबाट हटाउने यो प्रयास पनि यसपटक असफल भयो । 

    प्रदेश २ को अवस्था पनि उस्तै छ । सत्तारुढ राष्ट्रिय जनता पार्टीलाई फुटको अवस्थामा पुर्याएर प्रदेश नं २ सरकार फाल्ने नेकपा एमालेको योजना फेरि एकपटक असफल भएको छ । प्रदेश नम्बर ३ मा राजपाका उपेन्द्र यादव पक्षलाई काँग्रेस र माओवादीले सघाएसँगै सो सरकार समेत जोगिएको छ । यसप्रकार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूूइतर दलका मुख्यमन्त्रीलाई हटाउनेगरी बनाएको योजना तीनवटै ठाउँमा असफल सावित भइसकेको छ । 

    बाँकी रहेका ४ वटा प्रदेशमा ओली निकटकै मुख्यमन्त्रीहरु छन् । तर, एकल बहुमत हुँदा पनि यी प्रदेशहरु सुरक्षित छैनन् । विश्वासको मत लिन नसक्ने अवस्था भएपछि राजीनामा गरेर फेरि मुख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने दिन नजिकिँदै छ । राजपाका सांसद पुनर्बहाली भएर केही राहत मिलेको भए पनि विश्वासको मत प्राप्त गर्ने बलियो आधार अझै बनेको छैन । 

    उता गण्डकी प्रदेशमा बिहीबार नयाँ प्रकारको ट्विस्ट देखियो । पार्टीको निर्णयविपरित फ्लोर क्रस गरेका राष्ट्रिय जनमोर्चाका सांसदलाई अदालतले थमौती दिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राहतको श्वास फेरेका थिए । तर, स्वतन्त्र सांसदको रुपमा रहेका दीपक मनाङेले गुरुङको साथ छाड्ने घोषणा गरेपछि गुुरुङलाई अर्को नैतिक संकट देखिएको छ । 

    एमालेको केन्द्रीय राजनीतिमा सँधै आफ्ना ‘भक्त’हरुलाई मात्रै स्थान दिने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आलोचक र विपक्षीलाई गर्ने व्यवहारका कारण समस्यामा पर्दै गएका छन् । सोही कारण आफ्नै पार्टीका सांसद उनीविरुद्ध अदालत गएका छन् । सो मुद्दा अहिले अदालतमा विचाराधिन छ । बहुमत दाबी गरेका शेरबहादुर देउवाको दाबीलाई अदालतले सही ठहर्याए उनको प्रधानमन्त्री पद समेत गुम्नेछ । 

    अहिलेको प्रदेश राजनीतिलाई विश्लेषकहरुले ओली सत्ताको फेद ढल्नुअघि ‘हागाँ छिमलिएको’ रुपमा अर्थाउन थालेका छन् ।


    images
    images

    Logo