काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुुन् ।
सो विवरण अनुसार तामाङसँग काठमाडौंमा ६ आना सहित सिन्धुपाल्चोकको ३ ठाउँमा जग्गा छ । त्यस्तै श्रीमती उषाकला राईको नाममा मोरङमा १० ठाउँमा जग्गा छ ।
उनीहरुसँग २२ तोला सुन, २० लाख रुपैयाँको शेयर तथा करिब सवा ३ लाख रुपैयाँ नगद सम्पत्ति रहेको देखिएको छ ।