images
images

चीनको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो


  • 621
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    चीनको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

    चीन । चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    सिचुवानको शिमियान काउन्टीमा १४ जनाको मृत्यु भएको छ भने नजिकैको लुडिङ काउन्टीमा सात जनाको मृत्यु भएको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ ।

    प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।

    छेन्दुका चेनले भने, “मैले यसलाई धेरै शक्तिशाली महसुस गरेँ । भुइँतलामा रहेका मेरा केही छिमेकीले भूकम्पको धक्का निकै धेरै महसुस गरेका बताए ।”  

    भूकम्पका कारण पर्वतीय पहिरोका कारण कम्तीमा एक सहरमा ठूलो क्षति पुगेको सीसीटीभीले जनाएको छ ।

    अर्को शहरमा जाने बाटो अवरुद्ध भएको छ मानिसहरू बसोबास गर्ने १०० भन्दा बढी क्षेत्रहरूमा दूरसञ्चार लाइनहरू काटिएको छ । धक्काले गार्जे र याआनका क्षेत्रहरूमा केही पावर स्टेशनहरू पनि अवरूद्ध भएका छन् । 

    सीसीटीभीले प्रसारण गरेको फुटेजमा गार्जेमा क्षतिग्रस्त भवन र ढलेका संरचनाका भग्नाबशेष सडक देखिन्छ ।


    images
    images

    Logo