images
images

६ लाख घुससहित पक्राउ परेका उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख भेटियो


  • 377
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    ६ लाख घुससहित पक्राउ परेका उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख भेटियो

    काठमाडौं । घुससहित पक्राउ परेका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाटअख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो । 

    एक व्यवसायीलाई प्याराग्लाइडिङको लाइसेन्स दिएबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले उपसचिव नेपाललाई काठमाडौँ महानगरपालिका वडा नं. १ मनकामना मार्गस्थित होटेल अरण्यको परिसरबाट नियन्त्रणमा लिएको थियो । 

    उक्त रकम पनि उपसचिव नेपालले घूसबापत लिएको हुनसक्ने र यससम्बन्धी अनुसन्धान अघि बढेको आयोगले जनाए छ।


    images
    images

    Logo