images
images

पुनर्नियुक्तिको तेस्रो दिन सिंहदरबारमा अर्थमन्त्रीसँग प्रधानमन्त्रीको प्रश्न


  • 412
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    पुनर्नियुक्तिको तेस्रो दिन सिंहदरबारमा अर्थमन्त्रीसँग प्रधानमन्त्रीको प्रश्न

    काठमाडौं । अर्थमन्त्रीमा पुनर्नियुक्ति भएको तेस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मासँग कमजोर पुँजीगत खर्चको अवस्थाबारे प्रश्न गरेको छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री र सबै विभागीय मन्त्रीहरुसँग यसबारे प्रश्न सोधेका हुन् । 

    आजको बैठकमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुको उपस्थिति थियो । आर्थिक वर्ष २०७८/७९ मा पुँजीगत खर्च झण्डै ५७ प्रतिशत मात्रै भएको छ । यसरी पुँजीगत खर्च कम हुनुको कारणबारे प्रधानमन्त्रीले अर्थमन्त्रीसँग प्रश्न गरेका हुन् । जवाफमा अर्थमन्त्री शर्माले पुँजीगत खर्च बढाउने विषयमा अर्थ मन्त्रालयले पर्याप्त सहजीकरण गरेको बताउँदै खर्चमा विकासे मन्त्रालयको भूमिका प्रमुख हुने बताएका थिए । 

    बैठकमा विकासे मन्त्रालयसम्बद्ध मन्त्री तथा सचिवहरुले समेत यसबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । उनीहरुले युक्रेन र रसियाबीचको युद्धका कारण पेट्रोलियम पदार्थ एवं निर्माण सामााग्रीमा भएको मूल्यवृद्धिले निर्माण कार्यमा प्रभाव परेको ब्रिफिङ गरेका थिए । 

    बैठकमा चालु आर्थिक वर्षमा पूर्ण रुपमा बजेट खर्च गर्नेगरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए । उनले राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउने विषयमा विशेष ध्यान दिन समेत मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका थिए । उनले पूर्वाधार पूरा नभएका र स्रोतको सुनिश्चितता नभएका आयोजनालाई अघि नबढाउन समेत निर्देशन दिए । 


    images
    images

    Logo