images
images

अदालतबाट ९० लाख जरिवना ठहर भएका थापा पक्राउ


  • 471
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    अदालतबाट ९० लाख जरिवना ठहर भएका थापा पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ९० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ९० लाख रुपैयाँ जरिवाना ठहर भएका खोटाङको दिक्तेल घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ थापालाई ९० लाख रुपैयाँ भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ । 

     


    images
    images

    Logo