काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा १७ जनाका लागि आवेदन खुलेको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त संस्था एनसीएचएलले विभिन्न १४ पदका लागि आवेदन माग गरेको हो ।
कम्पनीले सफ्टवेयर डेभलपमेन्ट हेड, जाभा डेभलपर जुनियर जाभा डेभलपर, जुनियर आइओएस डेभलपर, क्युए इन्जिनियर, स्ट्राटेजी एण्ड रिसर्च अफिसर र बिजुनेस डेभलपमेन्ट एक्जुकेटिभ पदका लागिआवेदन माग गरेको छ ।
त्यसैगरी, सेक्युरिटी एनालिष्ट रिक्स एण्ड कम्प्लाइस एक्जुकेटिभ, इन्फ्रास्टक्चर, सिनियर एनालिष्ट–इनोभेसन, एनालिष्ट–इनोभेसन, सर्पोट एनालिष्ट/एक्जुकेटिभ र एक्जुकेटिभ–फाइनान्स/एड्मिन पदका लागि आवेदन माग गरेको छ ।
उक्त पदको लागि आवेदन दिन इच्छुक व्यक्तिले अगष्ट १० तारिकसम्म आवेदन दिन सकिनेछ ।