काठमाडों । मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा जहदा–२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो । जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
उनी माथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।