काठमाडौं । आज सुनको मुल्य बढेको छ । छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमाबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोलो ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
तेजाबी सुनको मुल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।