images
images

एसइइ उत्तीर्ण विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, १ हजार जनाले निशुल्क पढ्न पाउने


  • 399
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    एसइइ उत्तीर्ण विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, १ हजार जनाले निशुल्क पढ्न पाउने

    काठमाडौं ।  इसेवाले एसइइ परीक्षा उत्तीर्ण गरेका १ हजार जना विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति दिने भएको छ। यो एसइइ पास गरेका विद्यार्थीहरुका बम्पर अफर भएको कम्पनीले जनाएको छ। अफरअन्तर्उगत १ हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कलरसिपमा अध्ययन गर्न पाउनेछन्। यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट भने खोलेको हुनुपर्ने कम्पनीले जनाएको छ। त्यसपछि इसेवा एप मार्फत आफूले अध्ययन गर्न चाहेको कलेज र विषय रोज्नुपर्नेछ।

    यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सक्ने इसेवाले जनाएको छ। जसमा विद्यार्थीहरुले १० प्रतिशत क्यासब्याक पाउने बताइएको छ। यस योजनामा सहभागी हुन विद्यार्थीहरुले वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्ने शर्त कम्पनीको छ। कुन कलेजमा पढ्ने भन्ने बारे ब्लग डट इसेवा डटकम डट एन्पिमा पनि हेर्न सकिने कम्पनीले जनाएको छ। विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन्। 

    इसेवाले हाल एण्ड्रोइडमा ५२ लाख र आइओएसमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकहरुलाई मोबाइल एपबाट सेवा दिइरहेको कम्पनीले जनाएको छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। 

     


    images
    images

    Logo