images
images

एनआईसी एशिया क्यापिटलले गर्यो ५५ प्रतिशत लाभांश घोषणा


  • 614
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    एनआईसी एशिया क्यापिटलले गर्यो ५५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं ।  एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट ५५ प्रतिशत  नगद लाभांश घोषणा गरेको छ  । क्यापिटलले उक्त लाभांश पारितका लागि भदौ ८ गते क्यापिटलको कार्यालय थापाथलीमा बिहान ९ बजे सभा बोलाएको छ ।

    उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११,००,००,००० (अक्षरेपी एघार करोड मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव सभामा पेश हुने क्यापिटलले जनाएको छ ।

    उक्त लाभांश क्यापिटलको साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीले पाउनेछन् ।   


    images
    images

    Logo