images
images

 तारकेश्वर घटनाको अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा


  • 320
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

     तारकेश्वर घटनाको अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा

    काठमाडौं ।  तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको छ ।गोरखा घर भई यहाँ बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता काप्री पाण्डे, ८ वर्षका छोरा आशिक र १३ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका हुन् ।  

    एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली पनि काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली पुगेको छ । घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिई अनुसन्धानमा सुरु भएको प्रहरीले जनाएको छ ।

    घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । यसका साथै  घटनास्थलमा  ‘सुसाइड नोट’ समेत भेटिएको छ भने उक्त नोटमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । उक्त घटनाकाे बारेमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।


    images
    images

    Logo