images
images

काटमाडौं तारकेश्वरमा एकै परिवारका ४ जना मृतावस्थामा फेला


  • 430
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    काटमाडौं तारकेश्वरमा एकै परिवारका ४ जना मृतावस्थामा फेला

    काठमाडौ । तारकेश्वरमा एकै परिवारका ४ जना मृतावस्थामा फेला परेका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो । 
     
    मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी रहेको काठमाडौं प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार विभत्स हत्या गरिएको अवस्थामा फेला परेका उनीहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको देखिएको छ । 
    सुनिताको शरीरका ७ भन्दा बडी स्थानमा चक्कुको प्रहार गरेको प्रहरीले जनाएको छ  । 


    images
    images

    Logo