images
images

विपी प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य संग्रौला नियुक्त, उपकुलपति र सरकारको टकराव अन्त्य


  • 330
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    विपी प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य संग्रौला नियुक्त, उपकुलपति र सरकारको टकराव अन्त्य

    काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा डा. सूर्य संग्रौला नियुक्त भएका छन् । सोमवार स्वास्थ्य मन्त्री परशुराम खापुङले संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

    गत भदौमा तात्कालिन रजिस्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिएसँगै रजिष्ट्रार पद रिक्त थियो । सो पदपुर्तिका लागि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा खापुङले उनलाई नियुक्त गरेका हुन् । 

    त्रिुभवन विश्वविद्यालयको प्राध्यापकबाट अवकाश भएका संग्रौला पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नियन्त्रकसमेत थिए।

    यसैगरी प्रतिष्ठानको अस्पताल निर्देशकमा डा.जगतप्रसाद नियुक्त भएका छन् ।


    images
    images

    Logo