images
images

न्यायाधीशलाई थुतेर कुट्नुपर्छ भन्ने विप्लवविरुद्ध अदालतको पक्राउ पुर्जी


  • 416
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    न्यायाधीशलाई थुतेर कुट्नुपर्छ भन्ने विप्लवविरुद्ध अदालतको पक्राउ पुर्जी

    काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले उनीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको जनाएको हो ।

    एमसीसी र एसपीपी लगायत सम्झौताविरुद्ध आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तासँग अदालतले धरौटी मागेपछि विप्लवले न्यायाधीशहरुविरुद्ध अभिव्यक्ति दिएका थिए । उनले न्यायाधीशहरुलाई थुतेर कुट्नुपर्छ भनेका थिए ।

    यद्यपि उनीविरुद्धको पक्राउ पुर्जी भने यही अभिव्यक्तिका कारण जारी भएको होइन । हातहतियार तथा खरखजना, कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, विष्फोटक पदार्थसम्बन्धी कसुर आपराधिक लाभ तथा संगठित अपराधसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । 

    उनीसँगै उनकै समूहका अर्का नेता खड्गबहादुर विश्वकर्मा लगायत दर्जनाैं नेता कार्यकर्ताविरुद्ध समेत पक्राउ पूर्जी जारी गरिएको छ । 

    biplav_20220801094610.jpg


    images
    images

    Logo